काठमाण्डौँ महानगरका कर्मचारीले सोमबार तलब पाउने

काठमाण्डौँ, २२ चैत्र । काठमाण्डौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईंले रोकिएका कर्मचारीको तलबका लागि तोक लगाइदिनुभएको छ । शुक्रबार कार्यालय समय सुरु हुनासाथ गुरागाईंले कर्मचारीको तलबका लागि तोक लगाइदिनुभएको हो । आगामी सोमबारसम्म तलब हात पर्नेगरी गुरागाईंले शुक्रबार तोक लगाइदिनु भएको छ ।
यसअघि गत पुस ७ गतेदेखि बिदामा बसेका गुरागाईं बिहीबार कार्यालय हाजिर हुनु भएको थियो । उहाँ हाजिर गर्न पुगेलगत्तै महानगरमा केहीबेर तनाव भएको थियो । उहाँलाई रोक्न महानगर प्रहरी समेत खटाइएको थियो । तर, कर्मचारीहरूले उहाँलाई रोक्न नदिँदै र्काकक्षसम्म पुर्याएका थिए । गत पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो ।
त्यसपछि नियुक्त भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिएपछि महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन भएको थियो ।यस्तो अवस्थामा आफूहरूले तलबसमेत खान नपाएको भन्दै कर्मचारीहरू आक्रोशित बनेका थिए ।