२०८२ जेष्ठ १ गते मङ्गलवार | 2025 May 13th Tuesday

प्रशासकीय अधिकृत गुरागाईंले सम्हाल्नु भयो जिम्मेवारी, कर्मचारीले ताला फुटाएर गुरागाईंलाई कार्यकक्षमा प्रवेश गराए

काठमान्डौं, २१ चैत ।  करिब ३ महिना १४ दिनपछि काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईं आफ्नो नियमित जिम्मेवारीमा फर्किनु भएको छ । 

कर्मचारी र जनप्रतिनिधिहरुको सहयोगमा उहाँ आज कार्यालय फर्किएर जिम्मेवारी सम्हाल्नु भएको हो । काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारी सम्हालेको र भोलिदेखि सबै सहज हुने बताउनु भयो।

 महानगर प्रमुख बालेन शाहले प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइदनिु भएको थियो। सो ताला फुटाएर कर्मचारीले उहाँलाई कार्यकक्षमा प्रवेश गराएका हुन् । यसैबीच, प्रवक्ता मानन्धरले भोलिबाट प्रशासकीय अधिकृत कार्यालय आउन कुनै समस्या नहुने दाबी गर्नुभएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस