२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

काठमान्डौंमा जल्दाजल्दै उद्धार गरिएकी महिला बाँच्न असफल

काठमान्डौं, २१ चैत । काठमाडौँमा जलिरहेको अवस्थाबाट उद्धार गरिएकी महिलाको ज्यान भएको छ । काठमान्डौं महानगरपालिका वडानम्बर ६ तेन्जिङचोकमा साँझ उक्त घटना भएको हो ।

सुनसरीको बाराहक्षेत्र नगरपालिका २ स्थायी घर भई काठमान्डौं महानगरपालिका ६ स्थित राजेशचन्द्र गिरीको घरमा डेरा गरी बस्ने १८ वर्षकी मुमेन तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमान्डौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपील बोहराले जानकारी दिनु भयो ।

हिजो साँझको ५ः२७ बजेको समयमा उनको कोठामा तामाङलाई जलिरहेको देखेपछि तत्काल उद्धार गरिएको थियो । उपचारका क्रममा ओम अस्पतालमा उनको मृत्यु भएको बुझिएको छ । यसैबीच, आगलागीको कारण नखुलेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ  । 

प्रकाशित मिति : २०८१ चैत्र २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस