२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

एकीकृत समाजवादी सल्यानको अध्यक्षमा रमेश गाैतम

सल्यान

नेकपा (एकीकृत समाजवादी) सल्यानको अध्यक्षमा रमेश गाैतम सर्वसम्मत निर्वाचित भएका छन् ।

बुधबारबाट सुरु भएकाे नवौं जिल्ला अधिबेशनबाट अध्यक्ष सहित सबै पदाधिकारी तथा सदस्यहरु सर्वसम्मत निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा टेक बहादुर वली र कल्पना सेजवाल, सचिबमा प्रेम बहादुर डिसी, उपसचिवमा मनबिर बस्नेत, जीतप्रसाद आचार्य र गोबिन्द डाँगी निर्वाचित भएका छन् ।

अध्यक्षमा निर्वाचित भएका गाैतम यसअघिका सचिव समेत हुन् । पत्रकारिता यात्राबाट राजनीति सुरु गरेका गाैतम पत्रकार महासंघ सल्यानका पुर्व अध्यक्ष समेत हुन । नेकपा एमाले एक हुँदा आठाैं अधिवेशनमा गाैतम जिल्ला सचिवमा निर्वाचित भएका थिए । एमालेबाट फुटेर नयाँ पार्टी बन्दा पनि गाैतम सचिव पदमै रहेका थिए ।

प्रकाशित मिति : २०८१ चैत्र २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस