२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

कोठामा बसेर निर्देशन नदिन मेयर बालेनलाई उपमेयर सुनिताको चेतावनी  

काठमाण्डौँ, २१ चैत्र । काठमाण्डौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कोठामा बसेर निर्देशन नदिनका लागि मेयर बालेन शाहलाई चेतावनी दिनु भएको छ । बिहीबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हाजिर गर्न महानगरस्थित कार्यकक्ष पुग्नु भएको थियो । 

सो क्रममा नगर प्रहरीले उहाँलाई रोक्न खोजेको थियो । नगर प्रहरीले रोक्न खोजेपछि कर्मचारीले गुरागाईंको कार्यकक्ष प्रवेशद्वारमा तोडफोड पनि गरेका थिए । लगत्तै उपमेयर सुनिता डंगोलसहितको बैठक बसेको छ ।

बैठकमा उपमेयर डंगोलले हरेक घटनाक्रमबारे आफूहरू जानकार रहेको भन्दै कोठामा बसेर निर्देशन नदिन आग्रह गर्नु भएको छ । यस्तो मनमुटाव संस्थाभित्र हुनुहुँदैन भन्दै प्रमुख प्रशासकीय अधिकृत दोषी प्रमाणित भएको अवस्थामा कारबाही गर्न तयार रहेको बताउनु भएको छ । 

प्रकाशित मिति : २०८१ चैत्र २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस