प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई रोक्न महानगर प्रहरी परिचालन

काठमाण्डौँ, २१ चैत्र । काठमाण्डौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई रोक्न महानगर प्रहरी परिचालन गरिएको छ । गुरागाईं आज महानगरपालिकाको कार्यालयमा काममा फकर्ने तयारीमा हुनुहुन्थ्यो । उहाँ काममा फर्कने भएपछि महानगर प्रहरी तैनाथ गरेर उहाँलाई गेटमै रोक्न खोजिएको हो ।
महानगरपालिकाले भने आधिकारिक प्रक्रिया पूरा नगरी नक्सा पार गरेको भन्दै उहाँमाथि छानबिन समेत गरेको थियो र जिम्मेवारीबाट हटाएको थियो । यता, महानगरका कर्मचारीहरूले भने सरकारले गुरागाईंलाई नै पठाएकाले हाजिर गर्न लगाएर काममा खटाउने पर्ने माग गरेका छन् ।
समाधानको मुख्य मियो मेयर बोलन शाह भएकाले उनी आफैं आएर यो समस्याको समाधान गर्नुपर्ने प्रदर्शनमा उत्रिएका कर्मचारीहरुको माग छ । उनीहरूले प्रमुख प्रशासकीय अधिकृतको गाडीमा समेत मेयरको निर्देशनमा महानर प्रहरीले ह्वील लक गरेको दाबी गरेका छन्