२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

म्यानमारमा भूकम्पमा परेर मर्नेको संख्या २ हजार ८ सय ८६ पुग्यो

काठमान्डौ, २० चैत । म्यानमारमा गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या २ हजार ८ सय ८६ जना पुगेको छ । यो जानकारी म्यानमारको सैनिक सरकारले आज बुधबार दिएको हो । 

भूकम्पमा घाइते हुनेको संख्या ४ हजार ६ सय ३९ जना रहेको छ । त्यसैगरी, ३ सय ७३ जना अझै बेपत्ता भएका छन् ।  राहत र उद्धार कार्य अझै जारी रहेको छ । मार्च २८ मा म्यानमारमा ७ दशमलव ७ तीव्रताको भूकम्प गएको थियो । भूकम्पका कारण मृत्यु हुनेको संख्या अझ बढी हुनसक्ने अनुमान गरिएको छ । त्यहाँको सैनिक सरकारले यी तथ्याङ्कहरूलाई कम आकलन गरिरहेको विश्वास गरिएको छ । 

यसैबीच,  भूकम्पको धक्का म्यानमारको छिमेकी देश थाइल्याण्डको राजधानी बैंककसम्म महसुस गरिएको थियो । थाइल्याण्डमा भूकम्पका कारण ६ जनाको मृत्यु भएको छ । अन्य १०० जना कामदार बेपत्ता भएको बताइएको छ । पहिलो भूकम्प गएको १२ मिनेटपछि मात्र म्यानमारमा दोस्रो भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले बताएको हो ।

प्रकाशित मिति : २०८१ चैत्र २० गते बुधवार
प्रतिक्रिया दिनुहोस