२०८२ जेष्ठ १ गते मङ्गलवार | 2025 May 13th Tuesday

आन्दोलनका लागि देशभरिका शिक्षकहरू काठमाडौं केन्द्रित

काठमाण्डौँ, २० चैत्र । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरिका शिक्षकहरू काठमाडौ आइपुगेका छन् । शिक्षक महासंघको अगुवाइमा हुन लागेको आन्दोलनमा सहभागी हुन शिक्षकहरू काठमाडौ आइपुगेका हुन् । महासंघको सहअध्यक्ष एवं आन्दोलन परिचालन समितिको संयोजक नानुमाया पराजुलीका अनुसार बुधबारको र्‍यालीमा डेढ लाख शिक्षक कर्मचारी सहभागी हुने छन् ।

आन्दोलनलाई शान्तिपूर्ण बनाउन ८ सय स्वयंसेवक परिचालन गरिएको उहाँले बताउनु भएको छ  । विगतको सहमति अनुसार ऐन जारी भए तत्काल आन्दोलन छोडेर घर फर्किने उहाँले बताउनुभएको छ । शिक्षा विधेयक संसदमा दर्ता भएपछि २०८० असोज ३ मा शिक्षकहरू सडक आन्दोलनमा आएका थिए । 

प्रकाशित मिति : २०८१ चैत्र २० गते बुधवार
प्रतिक्रिया दिनुहोस