देशकै सात उत्कृष्ट विद्यालय व्यवस्थापन समितिमा लक्ष्मी प्राथमिक विद्यालय सम्मानित

सल्यान ।
देशका सात प्रदेशका सात उत्कृष्ट विद्यालय व्यवस्थापन समितिमा कर्णाली प्रदेशबाट सल्यान छत्रेश्वरी गाउँपालिका १ जलेखर्कको लक्ष्मी प्राथमिक विद्यालय उत्कृष्ट विद्यालयमा सम्मान भएको छ ।
सामुदायिक विद्यालय व्यवस्थापन समिती महासंघ नेपालको ११ औं स्थापना दिवसको अवसरमा देशभरका सातवटा विद्यालय व्यवस्थापन समितिलाई सम्मान गरिएको हो । प्रत्येक प्रदेशबाट एक/एक वटा विद्यालय व्यवस्थापन समितिलाई उत्कृष्ट छनोट गरिएको थियो ।
शिक्षा स्वास्थ तथा सूचना प्रबिधि समिती सभापति तथा प्रतिनिधि साभा सदस्य अम्बर बहादुर थापाको प्रमुख आतिथ्यतामा काठमाडौंमा भएको कार्यक्रममा लक्ष्मी प्राथमिक विद्यालयका विव्यस अध्यक्ष प्रदिप योगी र प्रधानाध्यापक रविन चन्दलाई सम्मान गरिएको हो ।
२०३२ सालमा स्थापना भएको आधारभूत तहको यस विद्यालयको क्षेत्राधिकार छत्रेश्वरी गाउँपालिका १ र बागचौर नगरपालिका ९ मा रहेकोे छ ।