२०८२ जेष्ठ १ गते मङ्गलवार | 2025 May 13th Tuesday

सुनको मूल्य तोलामा १ हजार ८ सय रुपैँयाले बढ्यो 

काठमाण्डौँ, १९ चैत्र । पछिल्लो समय सुनको मूल्य निरन्तर बढिरहेको छ।   अघिल्लो दिनकै तुलनामा मंगलबार सुनको मूल्य १ हजार ८०० रुपैयाँ बढेर तोलामा १ लाख ७९ हजार ७०० रुपैयाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य कीर्तिमानी बिन्दुमा पुगेको छ । अघिल्लो दिन छापावाल सुनको मूल्य १ लाख ७७ हजार ९०० रुपैयाँ कायम भएको थियो । 

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार तोलामा २ हजार ३५ रुपैयाँ कायम भएको चाँदीको मंगलबार पनि सोही मूल्य कायम भएको हो।

प्रकाशित मिति : २०८१ चैत्र १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस