२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

आज राति १२ बजेबाट संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

काठमाडौँ,१९ चैत । सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् आज राति १२ बजेबाट संसद्को हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।  

यता सरकारले जारी गरेका अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएका पाँच वटा प्रतिस्थापन विधेयक सङ्घीय संसद्का दुवै सदनबाट पारित भएका छन् । प्रतिनिधिसभाले पारित गरेर सन्देशसहित पठाएका पाँच वटा प्रतिस्थापन विधेयक आज एकैदिन राष्ट्रियसभाबाट पारित भए ।

यस्तै राष्ट्रियसभाले पारित गरी सन्देशसहित पठाएका ती विधेयक प्रतिनिधिसभाको दोस्रो बैठकले पारित गरेसँगै अध्यादेश कानून बन्ने बाटो खुलेको छ । अब सभामुख देवराज घिमिरेले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाउनुहुने छ ।

प्रकाशित मिति : २०८१ चैत्र १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस