२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

अमेरिकी राष्ट्रपति ट्रम्पको गाजा योजना विरुद्ध हमला गर्न हमासको आग्रह 

काठमान्डौं, १८ चैत । हमासका एक जना अधिकारीले विश्वभरका समर्थकलाई हतियार उठाउन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० लाखभन्दा बढी गाजावासीलाई इजिप्ट र जोर्डनजस्ता छिमेकी देशमा स्थानान्तरण गर्ने योजनाविरुद्ध लड्न आह्वान गर्नुभएको छ । 

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासका नेताहरूलाई गाजा छोड्न दिने प्रस्ताव गरेको एक दिनपछि अबु जुहरीले यस्तो आह्वान गर्नु भएको हो । तर गाजामा युद्धको अन्तिम चरणमा प्यालेस्टिनी लडाकू समूहलाई निःशस्त्रीकरण गर्न माग गरिएको थियो ।

नेतन्याहूले युद्धपछि इजरायलले गाजामा समग्र सुरक्षा सुनिश्चित गर्ने र प्यालेस्टिनी क्षेत्रमा बसोबास गर्ने सबै २४ लाख मानिसलाई सामूहिक विस्थापनका लागि आह्वान गरेको ट्रम्प योजनाको कार्यान्वयनलाई सक्षम बनाउने र यसलाई ‘स्वैच्छिक आप्रवासन योजना’को संज्ञा दिनु भएको छ । 

प्रकाशित मिति : २०८१ चैत्र १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस