२०८२ जेष्ठ १ गते मङ्गलवार | 2025 May 13th Tuesday

रेडियो नेपालको आधुनिक गीत सङ्गीत प्रतियोगितामा परेश राई प्रथम

काठमाडौ, १८ चैत्र । हीरक महोत्सवका अवसरमा सार्वजनिक प्रसारण नेपाल, रेडियो नेपालले आज आयोजना गरेको आधुनिक गीत सङ्गीत प्रतियोगितामा परेश राई प्रथम भएका छन् । रेडियो नेपाल स्थापनाको ७५ औँ वार्षिकोत्सव (हीरक महोत्सव)का अवसरमा आज रेडियो नेपालको प्राङ्गणमा आयोजना गरिएको आधुनिक गीतसङ्गीत प्रतियोगितामा राई प्रथम भएका हुन् ।

यसैगरी, प्रतियोगितामा दीपिका श्रेष्ठ द्वितीय र पूर्ण बहादुर बि.क तृतीय भएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीलाई क्रमशः ४० हजार, ३० हजार र २० हजार नगदसहित प्रमाण–पत्र प्रदान गरिने छ । यसैगरी, प्रतियोगितामा चण्डीप्रसाद काफ्ले उत्कृष्ट सङ्गीतकार र होम न्यौपाने उत्कृष्ट रचनाकार भएका छन् । उत्कृष्ट सङ्गीतकार र उत्कृष्ट रचनाकारलाई २५ हजार नगदसहित प्रमाण–पत्र प्रदान गरिने छ ।

आधुनिक गीत प्रतियोगितामा विभिन्न कलाकारका २० वटा गीत छनौट भएका थिए । प्रतियोगितामा विजयी हुनुभएका प्रतियोगीलाई रेडियो नेपाल स्थापनाको ७५औँ वार्षिकोत्सव (हीरक महोत्सव)का अवसरमा पुरस्कार वितरण गरिने छ  । 

प्रकाशित मिति : २०८१ चैत्र १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस