प्रतिगामी शक्तिहरु टाउको उठाउने प्रयास गर्दै, ने.क.पा. एकीकृत समाजवादीका अध्यक्ष नेपाल

काठमान्डौं, १८ चैत । ने.क.पा. एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशमा प्रतिगामी शक्तिहरुले टाउको उठाउने कोशिस गरिरहेको बताउनुभएको छ । आज काठमान्डौंमा पार्टी निकट खेलकुद महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले इतिहास भइसकेको राजालाई ब्युँताउने कोशिस भइरहेको भएपनि सम्भव नरहेको जिकिर गर्नुभयो ।
इतिहास फेरि पछाडि फर्किन नसक्ने अध्यक्ष नेपालको भनाइ रहेको थियो । उहाँले नेपाली समाज सामन्तवादको युगमा फर्किन नसक्ने बताउनुभयो । अध्यक्ष नेपालले जनताका छोराछोरी देशको राष्ट्रपति बन्न पाउने की नपाउने भन्दै प्रश्न समेत गर्नुभएको थियो ।
प्रकाशित मिति : २०८१ चैत्र १८ गते सोमवार