२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

सोमबार सुनको मूल्य तोलामा १ लाख ७८ हजार रुपैयाँ नजिक

काठमाण्डौँ, १८ चैत्र ।  नेपाली बजारमा सोमबार सुनको मूल्य १ लाख ७८ हजार रुपैयाँ नजिक पुगेको छ । अघिल्लो दिनको तुलनामा १ हजार १०० रुपैयाँ बढ्दै सुनको मूल्य तोलामा १ लाख ७७ हजार ९०० रुपैयाँ कायम भएको हो ।

जुन मूल्य आजसम्मकै उच्च भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ८०० रुपैयाँ कायम भएको थियो । 

यस्तै चाँदीको मूल्य पनि सामान्य बढेको छ । अघिल्लो दिन तोलामा २ हजार २५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार भने तोलामा २ हजार ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

प्रकाशित मिति : २०८१ चैत्र १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस