प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौ, १८ चैत्र । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । पाँचौं अधिवेशनको २५ औँ बैठक बिहान ११ः०० बजे बोलाइएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएको विषयलाई लिएर विपक्षीले लगातार संसद् बैठक अवरुद्ध गर्दै आइरहेका छन् ।
घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा आएर जवाफ नदिँदासम्म बैठक चल्न नसक्ने विपक्षी दलहरूको भनाइ छ । उनीहरूको अडानका कारण बिहीबार, शुक्रबार र आइतबारको बैठक प्रभावित भइसकेको छ । विपक्षीले सदनमा प्रधानमन्त्री ओलीले जवाफ नदिँदासम्म सदन चल्न नसक्ने बताइरहँदा ओली भने आफूले जवाफ नदिने घोषणा सार्वजनिक कार्यक्रममार्फत गर्नु भएको थियो । ओली आज बस्ने प्रतिनिधि सभा बैठकमा जवाफ दिने निष्कर्षमा पुग्नु भएको छ। आज उहाँले संसदमा जवाफ दिने बताईएको छ ।
प्रकाशित मिति : २०८१ चैत्र १८ गते सोमवार