अमेरिकाको मिनेसोटा राज्यमा घरमाथि विमान दुर्घटना

काठमान्डौं, १७ चैत । अमेरिकाको मिनेसोटा राज्यको एक आवासीय क्षेत्रमा एउटा विमान दुर्घटना हुँदा एक घरमा आगलागी भएको अमेरिकी सङ्घीय प्रशासनले जनाएको छ । ब्रुकलिन पार्क अग्नि विभागलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले विमानमा रहेका कोही पनि जीवित नभएको जनाएका छन् ।
नजिक रहेका प्रत्यक्षदर्शीहरूले स्थानीय टिभी स्टेशन के.आर.ई. ११ लाई बताए अनुसार विमान दुर्घटनापछि ब्रुकलिन पार्कको एक घरमा आगो लागेको थियो । यसैबीच, अग्निनियन्त्रण अधिकारीले पत्रकार सम्मेलनमा दुर्घटना र आगलागीको समयमा घरमा कोही पनि नभएको बताएका छन् । अमेरिकाको राष्ट्रिय यातायात सुरक्षा समितिले एक विज्ञप्ति जारी गर्दै दुर्घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
प्रकाशित मिति : २०८१ चैत्र १७ गते आइतवार