२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

निर्मल निवासले पूर्वराजालाई पठाएको पत्र बुझ्न अस्वीकार गरेपछि काठमान्डौं महानगरले जरीवाना पत्र हुलाक मार्फत पठायो

काठमान्डौं, १७  चैत । निर्मल निवासले बुझ्न अस्वीकार गरेपछि काठमान्डौं महानगरपालिकाले जरीवाना पत्र हुलाकमार्फत पठाएको छ । आज महानगरको टोली निर्मल निवास पुगेको भए पनि पूर्वराजा ज्ञानेन्द्र शाहसँग सरोकारको विषय नभएको भन्दै पत्र बुझ्न अस्वीकार गरेपछि महानगरले हुलाकमार्फत पत्र पठाएको हो ।

शुक्रवार काठमान्डौंमा भएको राजावादीको प्रदर्शनका क्रममा प्रदर्शनकारीले भौतिक क्षति गरेको भन्दै विभिन्न शीर्षकमा गरी महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा ७ लाख ९३ हजार रुपैयाँ बराबरको जरीवाना पत्र काटेको थियो । पूर्वराजा शाहकै निर्देशनमा आन्दोलन भएको ठहर गर्दै महानगरले ज्ञानेन्द्र शाह निर्मल निवासको नाममा पत्र पठाएको हो ।

प्रकाशित मिति : २०८१ चैत्र १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस