एनएसएल फुटबलमा बुटवल लुम्बिनी र झापा एफसी भिड्दै

काठमाण्डौँ, १७ चैत्र । नेपाल सुपर लिग एनएसएल फुटबलमा आज आइतबार बुटवल लुम्बिनी र झापा एफसीबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टोलीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ । लिगमा पहिलो प्रतिस्पर्धा गर्न लागेका दुवै टोली विजयी सुरुवात गर्ने लक्ष्यमा मैदान उत्रिँदैछन् ।
यसअघि हिजो सम्पन्न खेलमा दुई पूर्वविजेता ललितपुर सिटी एफसी र काठमाडौं रेजर्सले २–२ गोलको बराबरी खेलेका थिए। दुई गोलको अग्रता जोगाउन नसक्दा साबिक विजेता ललितपुर काठमाडौंसँग २–२ को बराबरीमा रोकिएको थियो ।
प्रकाशित मिति : २०८१ चैत्र १७ गते आइतवार