२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

काठमाडौँ महागरपालिकाको टोलीलाई निर्मल निवासको गेटबाटै फर्काइयो

काठमाण्डौँ, १७ चैत्र ।  पूर्वराजा ज्ञानेन्द्र शाहलाई पत्र बुझाउन गएको काठमाडौँ महागरपालिकाको टोलीलाई निर्मल निवासको गेटबाटै फर्काइएको छ । आइतबार बिहान काठमाडौँ महानगरपालिकाको टोली निर्मल निवास गेटमा पुगेको थियो । 

उनीहरुलाई प्रहरीले गेटबाटै फर्काइदिएको हो ।  काठमाण्डौ महानगरपालिकाले शनिबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई सात लाख ९३ हजार रुपैयाँ जरीवाना तोकेको छ । 

तीनकुने क्षेत्रको प्रदर्शनमा तोडफोड र फोहोर गरेवापत महानगरले आठ वटा शीर्षकमा सात लाख ९३ हजार रुपैयाँ जरीवाना तोकेको हो । ज्ञानेन्द्र शाह, निर्मल निवास काठमाण्डौका नाममा महानगरका आठ जना नगर प्रहरीले आठ वटा बेग्लाबेल्लै पत्र काटेका हुन् ।

प्रकाशित मिति : २०८१ चैत्र १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस