२०८२ जेष्ठ १ गते मङ्गलवार | 2025 May 13th Tuesday

त्रिभुवन विश्वविद्यालय क्याम्पसमा स्ववियु निर्वाचनको नयाँ मिति तय

काठमाडौँ, १७ चैत्र ।  त्रिभुवन विश्वविद्यालय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियुन (स्ववियु) निर्वाचनको नयाँ मिति तय भएको छ। निर्वाचन १८ गते बिहान ८ बजेदेखि ४ बजेसम्मलाई तोकिएको विश्वविद्यालय क्याम्पसले एक सूचना जारी गर्दै जानकारी दिएको हो । 

यसअघि चैत ८ गते स्ववियु निर्वाचनको मिति तोकिए पनि उच्च अदालतमा मुद्दा दायर भएको थियो। मतदान शिक्षाशास्त्र केन्द्रीय विभागमा हुने सूचनामा जनाइएको छ । यस्तै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले राजीनामा दिनुभएको छ । बिरामी भएको कारण देखाउँदै शनिबार बरालले राजीनामा दिनुभएको  हो ।  

प्रकाशित मिति : २०८१ चैत्र १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस