२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

दुर्गा प्रसाईको राहदानी ‘ब्ल्याकलिस्ट’मा राख्ने तयारी

काठमाडौँ, १७ चैत्र ।  प्रहरीले दुर्गा प्रसाईको राहदानी कालोसूची ‘ब्ल्याकलिस्ट’मा राख्ने तयारी गरेको छ । अध्यागमन विभागको रेकर्डमा ब्ल्याकलिस्ट गरेपछि यात्रुले अन्तर्राष्ट्रिय सिमानामा आउजाउ गर्दा थाहा हुन्छ र पक्राउ गर्न सहज हुन्छ ।

आज उनको पासपोर्ट कालोसूचीमा राख्ने गरी अध्यागमन विभागलाई पत्राचार गरिने अनुसन्धान अधिकृतहरू बताउँछन् । प्रसाईं र नवराज सुवेदीले नेतृत्व गरेको चैत १५ गतेको प्रदर्शन हिंसात्मक बनेसँगै दुई जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा कीर्तिपुर नगरपालिका–४ बस्ने सविन महर्जन र पत्रकार सुरेश रजक छन् ।

प्रकाशित मिति : २०८१ चैत्र १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस