२०८२ जेष्ठ १ गते मङ्गलवार | 2025 May 13th Tuesday

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाद्वारा कर्णाली प्रदेशका विभिन्न ठाउँमा कार्यक्रम

सल्यान ।

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले शनिबार कर्णाली प्रदेशका विभिन्न ठाउँमा वित्तीय साक्षरता कार्यक्रम गरेकाे छ ।

जामुनेबजारको थलह शाखाकाे आयोजनामा छेडागाड नगरपालिका ४ मा रहेको श्री रामोदय मा.वि. जेवामा कार्यक्रम गरिएकाे थियाे । कार्यक्रममा ईलाका प्रहरी कार्यालय दसेराका प्रहरी सहायक निरीक्षक श्री मिन बहादुर परियार, वरिष्ठ हवल्दार गगन बहादुर खत्री, विद्यालयका प्रधानध्यापक कर्ण बहादुर थापाको सहभागिता रहेकाे थियाे ।

कार्यक्रममा एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका उप प्रदेश कार्यालयका अनुगमन अधिकृत भुवन राज पाठक, थलह शाखा प्रमुख ललित रावत तथा शाखामा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेकाे थियाे ।

यसैगरी शनिबार नै एनआईसी एशिया लघुवित्त वित्तीय सस्था लिमिटेड कर्णाली प्रदेशको खलंगा अनुगमन कार्यलय अन्तरगत शाखा कार्यालय दल्लीमा १ दिने बित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा वित्तिय साक्षरता सम्बन्धि जानकारी तथा प्रस्तुतिकरण अनुगमन अधिकृत तिलक भट्टराई र कार्यक्रम संचालन शाखा प्रमुख भरत पौडेलले गरेका थिए ।

यस्तै राकम कर्णाली अनुगमन कार्यलय अन्तरगत शाखा कार्यालय गोठीज्यूला शाखामा १ दिने वित्तीय साक्षरता तथा पुर्नताजगी कार्यक्रम पनि शनिबार भएकाे छ । उक्त कार्यक्रममा कनका सुन्दरी गाँउ पालिकाका अध्यक्ष दामोदर आर्चायकाे प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएकाे हाे । जसमा वित्तिय साक्षरता सम्बन्धि जानकारी तथा प्रस्तुति करण अनुगमन अधिकृत धर्मराज बम र कार्यक्रम संचालन शाखा प्रमुख सुरेस टमटाले गरेका थिए ।

प्रकाशित मिति : २०८१ चैत्र १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस