२०८२ जेष्ठ १ गते मङ्गलवार | 2025 May 13th Tuesday

म्यानमार भूकम्प : मृत्यु हुनेको संख्या १ हजार नाघ्यो 

काठमाण्डौँ, १६ चैत्र । म्यानमारमा शुक्रबार गएको भूकम्पमा मृत्यु हुनेको संख्या एक हजार नाघेको छ ।  रोयटर्सका अनुसार म्यानमारको सैन्य सरकारले २ हजार ३०० भन्दा बढी घाइते भएको जानकारी दिएको हो । 

भूकम्पमा परी मृत्यु हुनेको संख्या १० हजार नाघ्न सक्ने बताइएको छ। यो आशंका संयुक्त राज्य भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले व्यक्त गरेको छ। भूकम्पको धक्का थाइल्याण्ड, बंगलादेश, चीन र भारतसम्म महसुस गरिएको थियो ।

अर्कोतर्फ, थाइल्याण्डको राजधानी बैंककमा ३० तले भवन भत्किएको छ । यसमा १० जनाको मृत्यु भएको छ । शुक्रबार बिहान म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो । यो २०० वर्षमा म्यानमार र थाइल्याण्डमा गएको सबैभन्दा ठूलो भूकम्प हो । ठूलो विनाशका कारण म्यानमारका ६ राज्य र सम्पूर्ण थाइल्याण्डमा आपतकाल लगाइएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस