राजावादीको प्रदर्शन उग्र बनाएर दुर्गा प्रसाईँ फरार, नवराज सुवेदी घरमै नजरबन्दमा

काठमाडौँ, १६ चैत्र । पूर्वराजा फर्काउने उद्घोषसहित काठमाडौँको तीनकुनेमा प्रदर्शन गर्ने कमान्डर मध्येका दुर्गा प्रसाईँ फरार भएका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले शुक्रवार आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेसँगै दुई जनाको मृत्यु भएको छ । प्रदर्शनको अर्को आयोजक समूह ‘राजसंस्था पुनः स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदीलाई प्रहरीले घरमै नजरबन्द गरेको छ । गुह्वेश्वरी हाइटस्थित निवासमै प्रहरीले उहाँलाई नजरबन्द गरेको हो ।
प्रकाशित मिति : २०८१ चैत्र १६ गते शनिवार