२०८२ जेष्ठ १ गते मङ्गलवार | 2025 May 13th Tuesday

तीनकुने क्षेत्रमा  राजावादीको  प्रदर्शनमा घाइते भएका महर्जनको ज्यान गयो

काठमान्डौं, १५ चैत ।  आज दिउँसो तीनकुने क्षेत्रमा राजावादीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका युवकको ज्यान गएको छ । प्रहरीको गोली लागेर घाइते भएका कीर्तिपुरका २९ वर्षीय सबिन महर्जनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा ज्यान गएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो ।

आजको प्रदर्शनमा राजावादीले तीनकुने क्षेत्रमा मानिसका घरहरु, आलोकनगरमा रहेको ने.क.पा. एकीकृत समाजवादीको पार्टी कार्यालय, कोटेश्वरको भाटभटेनी, सिनामङ्गलको नागरिक उड्डयन कार्यालय, अन्नपूर्ण पोस्टको कार्यालयमा तोडफोड गरेका थिए ।

प्रकाशित मिति : २०८१ चैत्र १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस