२०८२ जेष्ठ १ गते मङ्गलवार | 2025 May 13th Tuesday

नेपाल सुपर लिग (एनएसएल)  शनिबारदेखि सुरु, सबै टिमको तयारी पुरा 

काठमाण्डौँ, १५ चैत्र । नेपाल सुपर लिग (एनएसएल) २०२५ सुरु हुन अब एक दिन मात्र बाँकी छ । करिब एक महिना चल्ने नेपालको फ्रेन्चाइज फुटबल प्रतियोगितामा ७ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । सहभागी ७ वटै टोलीले आफ्नो अन्तिम तयारी पूरा गरिसकेका छन् । नेपाली खेलाडीको अक्सन र ड्राफ्टपछि सबै टिमले विदेशी खेलाडीहरु अनुबन्ध गरेका छन् । यस पटक ६ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने नियम रहेकोले एनएसएलको तेस्रो सिजनमा विदेशी खेलाडी धेरै देखिनेछ ।

विदेशी खेलाडी अनुबन्धपछि सबै टिमले आफ्नो टिमको अन्तिम संरचना पनि निर्माण गरिसकेका छन् । अब सबै टिम मैदानमा आफ्नो चुनौती प्रस्तुत गर्न तयार छन् । यसपटक पहिलो संस्करणको विजेता काठमाडौं रेजर्स, दोस्रो संस्करणको विजेता ललितपुर सिटी एफसी, दुवैपटक उपविजेता बनेको धनगढी एफसीसहित पोखरा थण्डर्स, एफसी चितवन, बुटवल लुम्बिनी एफसी र झापा एफसीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : २०८१ चैत्र १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस