२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

गणतन्त्रवादी र राजातन्त्र पक्षधरले आज प्रर्दशन गर्दै

काठमाडौँ, १५ चैत्र । गणतन्त्रवादी र राजातन्त्र पक्षधरले आज प्रर्दशन गर्दै छन् । आज हुने प्रर्दशनमा घम्सघम्सी हुने सम्भावना रहेको भन्दै सुरक्षा निकायलाई हाइ अलर्टमा राखिएको छ ।  आज काठमाडौँमा विशाल प्रर्दशन हुन लागेको छ । 

नेकपा माओवादी केन्द्रसहितका केही दलहरुले गणतन्त्रको पक्षमा प्रर्दशन गदैँछन भने दुर्गा प्रसाईँ सहित राप्रपाले राजातन्त्रका पक्षमा प्रर्दशन गर्न लागेका हुन । राजावादी र गणतन्त्रवादीहरूको प्रदर्शनलाई लक्षित गरेर साढे दुई हजारभन्दा धेरै प्रहरी खटाइने भएको छ सम्भावित मुठभेड रोक्न उपत्यका प्रहरी कार्यालयले तीनकुने र प्रदर्शनीमार्गमा ठुलो संख्यामा प्रहरी परिचालन गर्ने योजना बनाएको छ । 

प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा ३५ सय प्रहरी खटाउने उपत्यका प्रहरी कार्यालयको योजना छ । सुरक्षा कमाण्ड जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले गर्नु हुने भएको छ । प्रदर्शन स्थलमा एसपी अपिल बोहराले खटिनुहुनेछ । 

आवश्यकता अनुसार एसएसपी अधिकारीले कमाण्ड सेन्टर र फिल्डमा नै गएर सुरक्षा व्यवस्थापन गर्ने उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) शेखर खनालले बताउनु भयो । सुरक्षा व्यवस्थापनको लागि भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको कार्यालयमा ‘कमाण्ड सेन्टर’ स्थापना गरिएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस