२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

उत्तर कोरियाले तीन हजार सैनिक रूस पठाउदै

काठमान्डौं, १४ चैत ।  उत्तर कोरियाले सन् २०२५ मा थप तीन हजार सैनिक रुसमा पठाएको र मस्कोलाई किएभसँग लड्न सहयोग पु¥याउन क्षेप्यास्त्र, तोपखाना र गोलाबारुद आपूर्ति गरिरहेको दक्षिण कोरियाली सेनाले आज जनाएको छ । 

सन् २०२२ मा मस्कोले युक्रेनमाथि गरेको आक्रमणपछि परम्परागत मित्र राष्ट्र रुस र उत्तर कोरिया नजिक भएका छन् । सियोलले नेता किम जोङले मस्कोलाई सहयोग गर्न हजारौं सैनिक र हतियारका कन्टेनरहरू पठाएको बताउनु भएको छ । मस्को र प्योङयाङ दुवैले सैनिक तैनाथीको औपचारिक पुष्टि गर्नु बाँकी रहेको छ ।

तर गत वर्ष रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाको दुर्लभ भ्रमण गर्दा दुई देशले पारस्परिक प्रतिरक्षा सम्बन्धी धारासहित व्यापक सैन्य सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । रुसमा पठाइएको उत्तर कोरियाली सेनाको प्रारम्भिक ११ हजार सैनिकमध्ये चार हजार मारिएको वा घाइते भएको अनुमान गरिएको छ । 

यसैबीच, अहिलेसम्म उत्तर कोरियाले महत्वपूर्ण मात्रामा छोटो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र, १७० एमएम सेल्फ प्रोपेल्ड गन र २४० एम.एम . मल्टिपल रकेट लञ्चरका करिब २ सय २० युनिट उपलब्ध गराएको आँकलन गरिएको खबर प्राप्त भएको छ । 

प्रकाशित मिति : २०८१ चैत्र १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस