२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

सुरक्षा व्यवस्था चुस्त बनाउन मानव अधिकार आयोगको निर्देशन

काठमान्डौं, १४ चैत ।  राष्ट्रिय मानव अधिकार आयोगले भोलि हुने विभिन्न प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोजकलाई आग्रह गरेको छ । आयोगले विज्ञप्ति निकालेर समाजवादी मोर्चा र राजावादी समूहलाई प्रदर्शन शान्तिपूर्ण बनाउन आग्रह गरेको हो । प्रदर्शनीका क्रममा दुवै पक्ष भेट हुने स्थिति सिर्जना भएमा त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितिले शान्ति सुरक्षामा समेत चुनौती थप्न सक्ने अवस्थाप्रति आयोगले चासो प्रकट गरेको छ ।

आयोगले काठमाण्डौ उपत्यकाको सुरक्षा व्यवस्थाको सम्बन्धमा काठमाण्डौ र ललितपुरका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र नेपाल प्रहरीको मानव अधिकार सेलका प्रतिनिधिसँग छलफल गरेको छ । आयोगका अध्यक्ष तपबहादुर मगरले शान्ति सुरक्षालाई व्यवस्थित गर्न र शान्ति सुरक्षाको प्रबन्ध मिलाउँदा मानव अधिकारका मूल्य मान्यतालाई आत्मसात् गर्नसमेत निर्देशन दिनुभएको छ । 

यस्तै काठमाण्डौ उपत्यकाको नेवाः समुदायका अगुवाहरूले सङ्घीयता खारेजी, राजतन्त्र र हिन्दू राष्ट्र पुनस्र्थापनाको माग राखी भएका चलखेल स्वीकार्य नहुने बताएका छन् । उनीहरूले विज्ञप्ति निकालेर सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रको पक्षमा रहेको बताएका हुन् ।

प्रकाशित मिति : २०८१ चैत्र १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस