२०८२ जेष्ठ १ गते मङ्गलवार | 2025 May 13th Tuesday

दक्षिण कोरियामा अहिलेसम्मकै सबैभन्दा ठुलो डढेलो

काठमाण्डौँ, १४ चैत्र ।  दक्षिण कोरियामा अहिलेसम्मकै सबैभन्दा ठुलो डढेलो लागेको छ । डढेलोमा परि मृत्यु हुनेको संख्या २६ पुगेको छ भने  ३० जना भन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ ।

अधिकारीहरूले मृत्यु हुने अधिकांशको उमेर ६० देखि ७० वर्षको बिचमा रहेको जानकारी दिएका छन् । बुधबार डढेलो नियन्त्रणका लागि परिचालन गरेको हेलिकप्टर दुर्घटना हुँदा एक जना पाइलटको निधन भएको थियो । कम्तीमा ३ जना अग्नि नियन्त्रकहरूले पनि ज्यान गुमाइसकेका छन् । 

डढेलो नियन्त्रण गर्नका लागि हजारौँ अग्नि नियन्त्रकहरूका साथै सैनिक परिचालन गरिएको छ । डढेलो सांस्कृतिक सम्पदाहरूमाथि ठुलो खतरा बनेको छ । उइसोङ सहरमा आगलागीका कारण सन् ६१८ मा बनेको गौन्सा मन्दिर ध्वस्त बनेको छ । सो प्रान्तको सबैभन्दा ठुलो मन्दिरमध्ये एक थियो । उक्त डढेलो गत शुक्रबार सान्चेओङ काउन्टीबाट सुरु भएको थियो । हालसम्म यो थप ६ वटा काउन्टीमा फैलिसकेको छ । तीव्र र  सुक्खा हावाको कारण यो अझ फैलिरहेको छ ।

प्रकाशित मिति : २०८१ चैत्र १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस