२०८२ जेष्ठ १ गते मङ्गलवार | 2025 May 13th Tuesday

सुनको मूल्य तोलामा १३०० रुपैयाँ बढ्यो 

काठमाण्डौँ, १४ चैत्र ।  नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा छापावाल सुनको मूल्य बढेर तोलामा १ लाख ७४ हजार ८०० रुपैयाँ पुगेको हो । यसअघि बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ९ सय ९० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर २ हजार २० रुपैयाँ पुगेको महासंघले जनाएको छ । 

प्रकाशित मिति : २०८१ चैत्र १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस