२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

देशमा पश्चिमी वायु तथा स्थानीय  वायुको आंशिक प्रभाव

काठमाडौँ, १४ चैत्र ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय  वायुको आंशिक प्रभाव रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको  मौसम मुख्यतया सफा रहेको छ। 

आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी र  गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २०८१ चैत्र १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस