२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

इजरायलको आक्रमणमा परेर गाजामा ३७ र सिरियामा ६ जनाको ज्यान गयो

काठमान्डौं, १३ चैत ।  इजरायली आक्रमणमा परेर गाजामा थप ३७ जना प्यालेष्टिनीको ज्यान गएको छ । मृत्यु हुनेमा धेरै बालबालिका र महिला रहेका छन् । यस्तै इजरायलले सिरियामा पनि बमबारी जारी राखेको छ ।

आक्रमणमा कम्तीमा ६  जनाको ज्यान गएको अलजजिराले जनाएको छ । सिरियामा भएको आक्रमणको कतार र साउदी अरेबियाले निन्दा गरेका छन् । यसैबीच, इजिप्टले इजरायल र हमासबीच युद्धविराम नवीकरण गर्ने प्रस्ताव गरेको छ, जसमा इजरायली बन्दीहरूको क्रमिक रिहाइ र घेराबन्दीमा परेको गाजा पट्टीबाट इजरायली सेनाको फिर्ता समावेश गरिएको छ ।   

प्रकाशित मिति : २०८१ चैत्र १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस