भूमिसम्बन्धी अध्यादेश विधेयकका रूपमा अघि बढाउने सत्तापक्षीय दलहरूको निर्णय

काठमाण्डौँ, १३ चैत्र । सत्तापक्षीय दलहरूले भूमिसम्बन्धी अध्यादेश विधेयकका रूपमा अघि बढाउने निर्णय गरेका छन् । बालुवाटारमा भएको सत्तापक्षीय दलको बैठकमा भूमिसम्बन्धी अध्यादेश विधेयकका रूपमा अघि बढाउने निर्णय गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिनु भएको छ ।
यसअघि सरकारले भूमिसहित ६ वटा अध्यादेश ल्याएकोमा पाँच अध्यादेश प्रतिस्थापन विधेयकका रूपमा संसद्ले स्वीकृत गरेर छलफलका क्रममा छन् । तर भूमिसम्बन्धी अध्यादेशमा जसपा नेपालले फिर्ता लिनुपर्ने माग सारेपछि अघि बढेको थिएन ।
भूमि सम्बन्धी अध्यादेश आगामी चैत १८ गतेदेखि निष्क्रिय हुँदैछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव लगायतका सत्तारुढ दलका नेताहरूको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति : २०८१ चैत्र १३ गते बुधवार