इटहरी बजारको सेन्टर प्लाजामा आगलागी, उद्दारका लागि सेनाको हेलिकप्टर पठाइयो

काठमाण्डौँ, १३ चैत्र । इटहरी बजारको मुख्यचोकमा रहेको १० तले व्यावसायिक भवनमा आगो लागेको छ। सेन्टर प्लाजा नामले परिचित सो भवनमा एक्कासि आगो लागेपछि भवनभित्र रहेका मानिसलाई बाहिर ल्याउने र आगो निभाउने काम भइरहेको छ । भवनको बीच भागमा आगो लागेकाले माथिल्लो तलाबाट उद्धार कार्र्य रहेको प्रहरीले जनाएको छ।
आगो लागेको सूचना पाउनासाथ नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित स्थानीय बासिन्दा उद्धार कार्यमा जुटिरहेका थिए । बुधबार बिहान भवनको पाँचौँ तलामा आगो लागेको बताइएको छ । उद्दारका लागि नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ पठाएको गृहमन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : २०८१ चैत्र १३ गते बुधवार