२०८२ बैशाख ६ गते शुक्रवार | 2025 April 18th Friday

पालुङ्गोको सागमा अत्यधिक विषादी फेला, ४५ प्रतिशतभन्दा बढी खान अयोग्य

काठमाण्डौँ, १३ चैत्र ।  पालुङ्गोको सागमा विषादी फेला परेको छ । भक्तपुरबाट बिक्रीका लागि कालीमाटी ल्याइएको पालुङ्गोको सागमा ८३.६२५ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जनाएको छ । 

बुधवार केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी तरकारी बजारका १८ पसलको १८ वटा तरकारी तथा फलफूल परीक्षण गर्दा सागमा उक्त विषादी भेटिएको हो । 

बजारमा कार्वामेट र अर्गानोफस्फेट समूहका विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।

प्रकाशित मिति : २०८१ चैत्र १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस