२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

सुनको मूल्य सामान्य वृद्धि, बुधबार कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौँ, १३ चैत्र । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य वृद्धि भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँ बढेको हो । 

बुधबार छापावाल सुन तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै प्रति १० ग्राम १ लाख ४८ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ । 

मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ३०० रुपैयाँ कायम भएको थियो । यसैगरि, चाँदीको मूल्य पनि सामान्य बढेको छ । मंगलबार तोलामा १ हजार ८ सय ८० रुपैयाँ कायम भएको चाँदी बुधबार बढेर तोलामा १ हजार ९ सय ९० रुपैयाँ कायम भएको छ । 

प्रकाशित मिति : २०८१ चैत्र १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस