२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

त्रिचन्द्र क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै

काठमाडौँ, १३ चैत्र ।  काठमाडौंको त्रिचन्द्र क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदैछ । यसअघि ५ चैतका लागि तोकिएको स्ववियु निर्वाचन अन्तिम समयमा स्थगित भएपछि आज निवौचन हुदै छ ।

नेविसंघका विवेक बानियाँ र श्रीधर श्रेष्ठ समूहले मूल गेटमै तालाबन्दी गरेपछि निर्वाचन समितिका संयोजक डा. अंगद गौतमले चैत ४ गते निर्वाचन स्थगितको सूचना जारी गरेका थिए । मतपत्रमा नाम गोलाप्रथाबाट राख्ने कि दर्ताको आधारमा राख्ने भन्नेमा विवाद भएपछि तालाबन्दी भएको थियो । 

त्रिचन्द्र क्याम्पसको स्ववियु अध्यक्षमा विभिन्न संघसंगठन र स्वतन्त्र गरी ९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । नेविसंघका गोविन्द कोइराला, अनेरास्ववियुका प्रमित विष्ट र अखिल (क्रान्तिकारी)का प्रदिप भट्ट उम्मेदवार छन् । 

यसैगरी अखिल क्रान्तिकारीकै मुना पौडेल, नेपाल स्वाभिमानी स्वतन्त्र विद्यार्थी संघका विवेक बानिया, नेपाल क्रान्तिकारी विद्यार्थी संघकी जेनिशा तिमिल्सेना, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अश्विन नेपाल पनि अध्यक्ष पदको प्रतिस्पर्धामा छन् । श्रीधर श्रेष्ठ र सागर न्यौपानेले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : २०८१ चैत्र १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस