२०८२ बैशाख ६ गते शुक्रवार | 2025 April 18th Friday

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश विजयी, कर्णाली प्रदेश ९ विकेटले पराजितS

काठमान्डौं,  ११ चैत ।  प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णाली प्रदेशलाई ९ विकेटले हराएको छ । कर्णाली प्रदेशले दिएको ५९ रनको लक्ष्य बागमती प्रदेशले १ विकेट गुमाएर २ सय ६१ बलअघि नै भेटाएको थियोे । बागमतीका ईशान पाण्डेले २२ रन बनाएका थिए । कर्णालीका दीपेन्द्र रावतले १ विकेट लिएका थिए । 

त्यसअघि दाङको देउखुरी रङ्गशालामा टस जितेर ब्याटिङ गरेको कर्णालीले १९ ओभर १ बलमा ५८ रन बनाउँदा सबै विकेट गुमाएको थितयो । योसँगै बागमती प्रदेश र कर्णाली प्रदेशले समान ८ खेलमा ४ खेल जित्दै ४ वटामा हार बेहोरेका छन् ।

प्रकाशित मिति : २०८१ चैत्र ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस