२०८२ बैशाख ६ गते शुक्रवार | 2025 April 18th Friday

प्रथम राष्ट्रिय पानी सम्मेलन सम्पन्न, नौ बुँदे काठमान्डौं घोषणापत्र जारी

काठमान्डौं,  ११ चैत ।  प्रथम राष्ट्रिय पानी सम्मेलनले जलस्रोतको दिगो उपयोग, संरक्षण, व्यवस्थापन र नियमन गर्ने प्रतिबद्धतासहित नौ बुँदे काठमान्डौं घोषणापत्र जारी गरेको छ । 

काठमान्डौंमा भएको सम्मेलनले जलवायु परिवर्तनका कारणले पारेको प्रभावलाई न्यूनीकरणको प्रयास गर्ने प्रतिबद्धता पनि प्रकट गरेको छ । जल तथा ऊर्जा आयोगको सचिवालयको नेतृत्व तथा राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासङ्घको आयोजनामा प्रथम राष्ट्रिय पानी सम्मेलन सम्पन्न भएको हो । 

सम्मेलनले तीन तहका सरकारबीचको समन्वय र सहकार्यसहित एकीकृत नदी बेसिन योजना अनुसार जल सुशासन हुने गरी जलस्रोतको दिगो उपयोग, संरक्षण  र नियमन गर्ने प्रतिबद्धता जनाएको छ । वातावरणीय सन्तुलन कायम राख्न, जलस्रोतको उचित उपयोग र संरक्षण गर्न एवम् जलस्रोतमा प्रदूषण हुन नदिन प्रतिबद्धता प्रकट गरेको आयोगका सचिव मधुप्रसाद भेटुवालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ चैत्र ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस