ट्रम्पका कारण राजीनामा दिन बाध्य महान्यायाधिवक्ता जेसिका एबर मृत फेला

काठमाण्डौँ, ११ चैत्र । पूर्व अमेरिकी महान्यायाधिवक्ता जेसिका एबरको शङ्कास्पद मृत्यु भएको छ । उनको शव गत शनिवार भर्जिनियाको अलेक्जान्ड्रियास्थित एउटा घरमा फेला परेको थियो । एबरले अमेरिकाको पूर्वी भर्जिनिया विभागमा महान्यायाधिवक्ताको रूपमा काम गरेकी थिइन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्प दोहोर्याएर ह्वाइट हाउस छिरेपछि एबरले आफ्नो पदबाट राजीनामा दिएकी थिइन् । राजीनामा दिएको दुई महिनापछि रहस्यमय परिस्थितिमा उनको मृत्युले शंका उत्पन्न गरेको छ । एबरको मृत्युको बारेमा प्रहरीले एक विज्ञप्ति जारी गरेको छ । उनको मृत्युको परिस्थितिबारे अनुसन्धान भइरहेको बताइएको छ ।
स्थानीय समयअनुसार बिहान ९ : १८ बजे अधिकारीहरूलाई एक अचेत महिलाबारे फोन आएको थियो । भर्जिनियाका प्रमुख चिकित्सा अधिकारीले पोस्टमार्टम मार्फत उनको मृत्युको कारण र तरिका निर्धारण गर्ने प्रहरीले बताएको छ । भर्जिनिया प्रहरीले एबरको मृत्युको अनुसन्धान जारी रहेको बताएको छ ।