२०८२ बैशाख ६ गते शुक्रवार | 2025 April 18th Friday

एमालेले जनचेतना जगाउन देशव्यापी कार्यक्रम गर्दै 

काठमाण्डौँ, ११ चैत्र ।  सरकारको नेतृत्वकर्ता दल नेकपा (एमाले)ले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनचेतना जगाउन देशव्यापी कार्यक्रम गर्दैछ । मुलुकमा राजावादीहरूले भ्रम सिर्जना गरेको भन्दै उक्त भ्रम चिर्न र गणतन्त्रको पक्षमा सचेतना जगाउन एमालेले अभियान चलाउने भएको हो ।

जस अन्तर्गत आज चैत ११ गते सोमबार एकै दिन एकै समय देशैभरका ६ हजार ७ सय ४३ वडामा सचेतना कार्यक्रम सञ्चालन गरेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिनु भएको छ । उहाँका अनुसार सचिवालय बैठकको निर्णयअनुसार वडाहरूमा सभा, गोष्ठी र प्रदर्शन लगायतका चेतनामूलक कार्यक्रमहरू हुनेछन् । 

यसैगरी एमालेले चैत १८ गते धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा मोटरसाइकल ¥याली आयोजना गर्ने एमालेले घोषणा गरिसकेको छ । चैत १८ गते नै ७७ वटै जिल्लामा जिल्लास्तरीय जागरण सभा पनि आयोजना गर्दैछ । चैत २४ देखि ३० गतेसम्म बागमती बाहेकका सबै प्रदेशमा विशेष प्रदर्शन र जनसभा गर्ने घोषणा गरेको एमालेले बागमती प्रदेशको हकमा पछि कार्यक्रम गर्ने जनाएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस