२०८२ जेष्ठ १ गते मङ्गलवार | 2025 May 13th Tuesday

सल्यानमा यात्रुवाहक जीप दुर्घटना

सल्यान ।

सल्यानमा यात्रुवाहक जीप दुर्घटना भएकाे छ ।

कुमाख गाउँपालिकाकाे नेटा बजारबाट तिमिले, चिनाली, उचाल्ने हुँदै ढोरचौर श्रीनगर जाँदै गरेको भे. १ ज. १२१४ नम्बरको जीप सिद्ध कुमाख गाउँपालिका वडा नम्बर ३ को खैरेनी भिर भन्ने ठाउँमा आइतबार बिहान करिब १० बजेतिर दुर्घटना भएकाे हाे ।

दुर्घटनामा परि १८ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाकाे अवस्था गम्भीर रहेकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।

गम्भीर घाइते हुनेमा शारदा नगरपालिका-११ का १० वर्षीय अनुपम बुढाथोकी र कुमाख गाउँपालिका-३ का ५० वर्षका परविर रावत रहेका छन् । २ जनालाई शारदा मेट्रो अस्पताल श्रीनगरमा सामान्य उपचारपछि नेपालगञ्जतर्फ रिफर गरिएको छ ।

अन्य घाइतेहरुकाे अवस्था भने सामान्य रहेकाे छ । गाडीकाे ब्रेक फेल भएर भित्तामा ठोक्किँदा जिप सडकमै पल्टिएको बताइएकाे छ ।

प्रकाशित मिति : २०८१ चैत्र ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस