२०८२ जेष्ठ १ गते मङ्गलवार | 2025 May 13th Tuesday

ओली नेतृत्वको सरकारका कामप्रति कांग्रेसनै असन्तुष्ट

काठमाडौँ, ११ चैत्र । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका कामप्रति नेपाली कांग्रेस असन्तुष्ट देखिएको छ । आफैँ प्रमुख साझेदार रहेको सरकारको  कामप्रति कांग्रेस असन्तुष्ट देखिएको हो ।   आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समिति बैठकमा कांग्रेस नेताहरूले सरकारको कामप्रति असन्तुष्टि जनाएका हुन् । 

सरकारको कामकारबाहीबारे विरोध भएपनि पार्टीले जनताका मन छुने कार्यक्रम ल्याउन तथा कांग्रेस र एमाले सम्मिलित सरकार सञ्चालन कार्यदलसँगको समन्वयमा नयाँ कार्यक्रम ल्याउन पार्टीका मन्त्रीहरूलाई निर्देशन दिएको पूर्वउपसभापति गोपालमान श्रेष्ठले जानकारी दिनुभयो । 

कांग्रेसबाट संयन्त्रमा रहेका र बैठकमा उपस्थित भएका नेताहरूलाई पनि बैठकले विकासको नयाँ मोडलसहितका योजना जनताले अनुभूति गर्नेगरी ल्याउन प्रस्ताव तयार गरेर विकासे मन्त्रालयलाई दिन निर्देशन दिएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस