२०८२ बैशाख ६ गते शुक्रवार | 2025 April 18th Friday

पाकिस्तानसँगको पाँच खेलको टी २० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा न्युजिल्यान्ड विजयी

काठमान्डौं, १० चैत ।  पाकिस्तानसँगको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला न्युजिल्यान्डले एक खेलअघि नै जितेको छ । आज भएको चौथो खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई १ सय १५ रनले हराएको हो । न्युजिल्यान्डले दिएको २ सय २१ रनको लक्ष्य पछ्याएको पाकिस्तान १६ ओभर २ बलमा १ सय ५ रनमा अलआउट भएको थियो । पाकिस्तानका अब्दुल समादले सबैभन्दा धेरै ४४ रन बनाएका थिए । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर २ सय २० रन बनाएको थियो । टी–२० शृङ्खलाको पहिलो र दोस्रो खेल न्युजिल्यान्डले र तेस्रो खेल पाकिस्तानले जितेको थियो । शृङ्खलाको पाँचौं तथा अन्तिम खेल आउँदो बुधवार हुने भएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र १० गते आइतवार
प्रतिक्रिया दिनुहोस