२०८२ बैशाख ६ गते शुक्रवार | 2025 April 18th Friday

गाजामा हवाई आक्रमण हुँदा हमासका शीर्ष नेता बर्दाविलको ज्यान गयो

काठमान्डौं, १० चैत । गाजाको दक्षिणी शहर खान युनिसमा इजरायलको हवाई आक्रमणमा हमासका शीर्ष राजनीतिक नेता सलाह अल बर्दाविलको ज्यान गएको पुष्टि भएको छ । हमासका एक अधिकारीले आफ्ना शीर्ष नेता बर्दाविलको ज्यान गएको बताएका बी.बी.सी.ले जनाएको हो ।

हवाई आक्रमणमा हमास लडाकु समूहको राजनीतिक कार्यालयका सदस्य बर्दाविल र उनकी श्रीमती दुवैको ज्यान गएको स्थानिय बासिन्दाले बताएका छन् । यसबारेमा इजरायलले कुनै धारणा सार्वजनिक गरेको छैन । 

यसैबीच, हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजा पट्टीका विभिन्न भागमा पछिल्लो २४ घण्टामा ३२ जना प्यालेस्टायनका नागरिक मारिएका छन् । इजरायली सेनाले गएको मंगलवार गाजामा ठूलो आक्रमण गरेको थियो । युद्धविराम सम्झौता त्यागेर आक्रमण थालेपछि झन्डै दुई महिनाको शान्ति प्रकृया बिथोलिएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र १० गते आइतवार
प्रतिक्रिया दिनुहोस