२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

पूर्व राजा शाहलाई रा.प्र.पा. ले पार्टीको सभापति बनाए हुने, नेपाली कांग्रेसका सभापति देउवा

काठमान्डौं, १० चैत ।  नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राष्ट्रिय प्रजातन्त्र पार्टी रा.प्र.पा.ले सभापति बनाए हुने टिप्पणी गर्नुभएको छ । नेपाली कांग्रेसको बागमती प्रदेश प्रशिक्षण विभागले आज आयोजना गरेको एक कार्यक्रममा बोल्नुहुदै सभापति देउवाले रा.प्र.पा.लाई सुझाव दिनुहुदै संवैधानिक राजा हुन लायक मान्छे नभएको बताउनु भयो । पछिल्लो समय रा.प्र.पा.ले हिन्दूराष्ट्र र राजतन्त्र स्थापनाका लागि भन्दै प्रदर्शन गरिरहेको छ । यही सन्दर्भमा देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि पार्टी राजनीतिमा आउन सुझाव दिनुभयो ।

प्रकाशित मिति : २०८१ चैत्र १० गते आइतवार
प्रतिक्रिया दिनुहोस