२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

कर्मचारी मिलन केन्द्र सल्यानकाे दोस्रो साधारणसभा तथा वनभोज कार्यक्रम सम्पन्न

सल्यान

कर्मचारी मिलन केन्द्र सल्यानको वनभोज कार्यक्रम तथा दोस्रो साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभा मार्फत कर्मचारी मिलन केन्द्र सल्यानको उपाध्यक्ष पदमा बनस्पति अनुसन्धान केन्द्र सल्यानका कार्यालय प्रमुख डा. मित्रलाल पाठक सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । सह सचिव र दुई सदस्यको पदपूर्ति गरिएको थियो । सह सचिबमा त्रिवेणि गाउँपालिकामा कार्यरत तुलसीराम डागी र दुई सदस्यहरुमा नेत्रलाल शिक्षालयमा कार्यरत मोहन भण्डारी र पुर्वाधार कार्यालयमा कार्यरत पुनम शर्मालाई सर्बसम्मत चयन गरिएको छ ।

जिल्ला स्थित विभिन्न सरकारी कार्यलय, सुरक्षा निकायहरु, स्थानीय तहहरु, बैंक तथा वित्तीय कार्यालय समेत समेटिएको बनभोज कार्यक्रम शारदा नगरपालिका २ मा रहेको चन्द्रपाला पार्कमा शनिबार सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला न्यायाधीश बेद कुमार गिरिले यस्ता अतिरिक्त क्रियाकलापले कर्मचारी बर्गमा थप उर्जा थपिने र कार्य सम्पादनमा सहकार्य गर्न सजिलो हुने बताए ।

प्रमुख जिल्ला अधिकारी साबित्रा पुनले मिलन केन्द्रले आफ्नै जग्गामा भवन बनाएर यस्ता जमघट गर्न सकिएमा केन्द्रको महत्व अरु बढ्ने हुँदा त्यतातर्फ ध्यान दिन कार्य समितीलाई प्रोत्साहित गरिन् ।

कर्मचारी मिलन केन्द्रका अध्यक्ष धिरेन्द्र भन्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सबै सुरक्षा निकायका प्रमुख तथा सबै कार्यलयका कर्मचारीहरु गरेर १५० बढीकोे सहभागीता रहेको मिलन केन्द्रका सचिव बिष्णु शर्माले जानकारी दिइन् । वनभोज कार्यक्रमको संयोजन डिभिजन बन अधिकृत टेक बहादुर रावलले गरेका थिए ।

कार्यक्रममा नेपाली सेनाकाे तर्फबाट बिङो तथा मिलन केन्द्रको तर्फबाट घैटो फोड कार्यक्रम, विभिन्न सांगितिक एवम् साहित्यिक कार्यक्रम समेत संचालन गरिएको थियो ।

प्रकाशित मिति : २०८१ चैत्र १० गते आइतवार
प्रतिक्रिया दिनुहोस