सभामुखसहित ९ सदस्यीय टोली आगामी चैत २० गते उज्वेकिस्तान जाँदै

काठमाण्डौँ, १० चैत्र । सभामुख देवराज घिमिरे अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५० औं महासभामा सहभागी हुन उज्वेकिस्तान जाँदैहुनुहुन्छ । सभामुख घिमिरे नेतृत्वको ९ सदस्यीय टोली यही चैत २० गते त्यसतर्फ प्रस्थान गर्न लागेको हो ।
दुई हप्ता लामो भ्रमण टोलीमा प्रमुख चार राजनीतिक दलबाट एकरएक जना सदस्य छन् । नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य डा. अन्जान शाक्य, कांग्रेसबाट प्रमुख सचेतक श्याम घिमिरे, माओवादी केन्द्रबाट प्रतिनिधि सभा सदस्य सूर्यमान दोङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सांसद सोविता गौतम सभामुखसँगै उज्वेकिस्तान जानुहुनेछ ।
संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, प्रतिनिधिसभा सचिव हर्क राई, अन्तर्राष्ट्रिय सम्बन्ध शाखाका उपसचिव राजु रिमाल र सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराई पनि टोलीमा हुने बताइएको छ । उक्त टोली आगामी वैशाख २ गते मात्र स्वदेश फर्किनेछ ।